• आश्विन १३ २०८१, आईतवार

जाडोमा चिसोले नाक बन्द हुन्छ? यी हुन् खुलाउने ७ घरेलु उपाय

मंसिर २३ २०८०, शनिबार

रुघा लाग्दा नाक बन्द भइरहेको छ ? यस्तो समस्याबाट छुटकारा पाउन घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ ।
बाफ
पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेटपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।
कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।
सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

नूनपानी
पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

तुलसीको पात
बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।

मह
महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् । एजेन्सी