काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँले बढेको छ ।
छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुनको भाउमा सामान्य बढोत्तरी देखिएको थियो । हिजो सुन प्रतितोला २०० रुपैयाँले उकालो लाग्दा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँ कायम रहेको छ ।