• मंसिर १३ २०८१, बिहीबार

एनसेलको जस्तै हालत गराउन सिजी टेलिमकलाई स्वीकृति नदिइएको हो : निर्वाण चौधरी

मंसिर २१ २०८०, बिहीबार

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेलको सेयर खरिद–बिक्री प्रक्रियामा जे भइरहेको छ, त्यस्तै गर्नका लागि सीजी टेलिकमलाई पनि स्वीकृति नदिइएको आरोप लगाएका छन् ।

उनले अहिले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको टिप्पणी गरे । सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा सेवा दिने वाचा गर्दा पनि स्वीकृति नदिइएको उनले बताए ।

‘एनसेलकाण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्,’ चौधरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।