• आश्विन १३ २०८१, आईतवार

सुख्खा छालाको समस्याबाट यसरी छुटकारा पाउनुहोस् 

मंसिर २१ २०८०, बिहीबार

जाडो मौसम सुरु भएसँगै छाला सुख्खा हुनु मुख्य समस्या देखिन्छ । यस्तोमा हामी सुख्खा छालाबाट छुटकारा पाउनको लागि विभिन्न सौन्दर्य प्रसाधनको प्रयोग गर्ने गर्छौ ।

ति महंगा प्रसाधनमा प्रयोग हुने विभिन्न केमिकलले हाम्रो छालालाई फाइदा भन्दा नोक्सान गर्छ । केमिकलयुक्त प्रसाधनको प्रयोग गर्नु भन्दा हाम्रो भान्सामा नै भएको कुराबाट छालालाई जाडोमा नरम, मुलायम र चम्किलो बनाउन सकिन्छ ।

१. नरिवलको तेल

छाला नरम र मुलायम बनाई राख्नका लागि नरिवलको तेलले मालिस गर्दा फाइदा गर्छ । यसले छालाको सुख्खापन हटाउँछ । नियमित नरिवलको तेलले मालिस गर्दा रक्त सञ्चार राम्रो हुन्छ, साथै छालाको रङमा पनि निखार आउँछ ।

२. बेसन र तेल

बेसन, तेल, गँहुको चोकर र दुधको तर मिसाएर लेप बनाउने । अनुहारमा तलदेखि माथितिर लगाउने र १५ मिनेट त्यतीकै छाड्ने । त्यसपछि विस्तारै पानीले भिजाएर हल्का औलाको सहायताले माड्ने र मनतातो पानीले पखाल्ने । जाडोमा साबुनको प्रयोग गर्नबाट बच्नुपर्छ ।

३.जाडोमा प्याक

जाडोमा छालाको नरमपन कायम राख्नको लागि १ चम्चा मह, २ ठूलो चम्चा मिल्क पाउडर र एउटा अण्डाको पहेँलो भाग मिलाएर अनुहारमा २० मिनेट राख्ने । सुकि सकेपछि मनतातो पानीले धुने ।

४. छाला मुलायम राख्नको लागि

छालाको नरमपन कायम राख्नको लागि डाइटमा बदाम, दुध, पनिर र घिउ सामिल गर्नुहोस् । दैनिक ६ देखि ८ गिलास पानी खानुपर्छ ।