• मंसिर १३ २०८१, बिहीबार

एनसेलको शेयर बिक्री बारे छानबिन गर्दैछौं, कारवाही हुनसक्छ : प्राधिकरण

मंसिर २० २०८०, बुधबार

काठमाडौं । एनसेलको पछिल्लो शेयर प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन गर्ने बताएको छ । संसदको अर्थ समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर बिक्रीको अंक र प्रक्रिया नै शंकास्पद रहेको बताउँदै छानबिन हुने बताएका हुन् ।

‘हामीले जब वेबसाइटमा खरिदबिक्रीको कुरा देख्यौँ अनि पत्र लेख्यौँ,’ उनले संसदीय समितिसमक्ष भने,‘हामीलाई जानकारी गराउनुपर्ने हो तर गराइएन । हामीलाई जवाफ आएको छ । सरकारले पनि छानबिन गर्ने भनेको छ । छानबिनको निर्णय आएपछि सोहीअनुसार अघि बढ्छौँ ।’ यता रास्वपा सांसद स्वर्णिम वाग्लेले पनि एनसेलले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् ।

संसदको अर्थ समितिको बैठकमा धारणा राख्दै वाग्लेले भने–ठूला नेतालाई विश्वभरी घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्यो । यसमा कानुनी छिद्र राखियो । ऐन नियमहरु नै परिवर्तन गर्नुपर्छ । नेपालमा नेतालाई मिलाएर लगानी गर्नुपर्छ भन्ने कुराको बृहत नीतिगत समीक्षा हाम्रो समितिले गर्नुपर्छ ।’