बुटवल । अम्बिका थैब नेतृत्वको नेकपा मार्क्सवादी पार्टीको दोस्रो बैठक बुटवलमा चलिरहेको छ । यो बैठकलाई सो पार्टीले तेह्रौं राष्ट्रिय सम्मेलनपछिको दोस्रो बैठक भनेको छ ।
बैठकमा समसामयिक विषय, देशको राजनीतिक अवस्था, प्रतिगमनकारीहरुको आन्दोलनको समिक्षा गर्ने र प्रतिगमनका विरुद्ध कसरी जाने भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने अध्यक्ष थैबले बताए ।
साथै अध्यक्ष थैबले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसितको सहकार्यलाई अगाडी बढाउन पहल गर्ने विषयमा पनि छलफल हुने बताए ।
उनले नेपालमा क्रान्तिकारी भूमसिुधार, आम विद्युतीकरण र राष्ट्रिय उद्योगधन्दाको स्थापना लगायतका विषयमा कार्यक्रम मिल्ने क्रान्तिकारी शक्तिहरुसित संयुक्त मोर्चा बनाउने लगायतका सहकार्य गरेर अघि बढ्न सकिने विषयमा बाटो खुला गर्ने निणर्य पनि गरिनेछ ।