काठमाडौँ । विभिन्न विद्यार्थी संगठनहरुले एनसेललाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
मंगलवार एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले एनसेलले नेपालको कर प्रणाली छलेर शेयर खरिद बिक्री गरेको र यसबारे नियमनकारी निकायलाई जानकारी नदिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गरिनुपर्ने माग गरेका हुन् ।
विद्यार्थी संगठनहरुको विज्ञप्तिमा कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै अनुमति र स्वीकृति प्रदान गर्ने निकायहरूले देखाएको उदासीनता माथि पनि सरकारले कारबाही अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, नेपाल र अखिल छैटौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी देशको सुशासन, विकाश र अग्रगतिलाई बाधा पुर्याउन उद्धत एनसेलका सम्पूर्ण कारोबारहरूलाई तत्काल रोकेर अनुसन्धान र कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।