काठमाडाैं । अपर तामाकोसी जलविद्युत् परियोजना पीडित संघर्ष समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । विगत ३३५ दिनदेखि उनीहरूले विरोध गरिरहेका छन् ।
यो परियोजनामा एसियाली विकास बैंक (एडीबी) को लगानी रहेको छ । गाउँमा जबर्जस्ती सबस्टेसन राख्न खोजिएको भन्दै आफूहरूले विरोध गरेको प्रदर्शनमा सहभागीहरूले बताएका छन् ।
उनीहरूले आदिवासी भूमीमा सैन्यकरण बन्द गर, राज्य आतंक बन्द गर जस्ता नारा लगाएका छन् ।