• मंसिर १३ २०८१, बिहीबार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कतिमा भइरहेछ कारोबार ?

मंसिर १७ २०८०, आईतवार

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ। साताको पहिलो कारोबार दिन आज (आइतबार) तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि सुनको मूल्यले गत बिहीबार उच्च विन्दुको रेकर्ड राखेको थियो। त्यसदिन छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० र तेजाबी सुन १ लाख १८ हजार ७५० मा किनबेच भएको थियो।

शुक्रबार भने सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ३०० रुपैयाँले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४५० मा किनबेच भएको थियो।

आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। तोलामा ५ रुपैयाँ बढेर आइतबार चाँदीको मूल्य १ हजार ५४५ रुपैयाँ पुगेको छ।