• जेष्ठ ७ २०८३, बिहीबार

मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक, सभापतिको टुङ्गो लगाउने तयारी

मंसिर १७ २०८०, आईतवार

 

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने तयारी समेत गरेको छ।