• मंसिर ९ २०८१, आईतवार

६० लाख न्यू इनर्जी उत्पादन गर्न सफल भएको चिनियाँ कम्पनी बीवाईडीको दावी

मंसिर १५ २०८०, शुक्रबार

काठमाडौं । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको प्रमुख निर्माता कम्पनी बीवाईडीले ऐतिहासिक उदाहरण कायम गर्न सफल भएको जनाएको छ ।

बीवाईडीले ६० लाख न्यू इनर्जी उत्पादन निर्माण सम्पन्न गरेको जनाएको छ । यसले विद्युतीय सवारी उद्योगको विकासमा बीवाईडीको प्रतिवद्धतालाई निरन्तर देखाएको पुष्टि गरेको कम्पनीले जनाएको छ । बीवाईडी नेपालमा पनि रुचाइएको ब्रान्ड हो ।

चीनमा उत्पादन गरेको बीवाईडीले तीन महिनामै ५० देखि ६० लाख उत्पादन पुर्याउँदै बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ । अक्टोबरमा मात्रै बीवाईडीले तीन लाख भन्दा बढी न्यू इनर्जी भेहिकल बिक्री गर्दै मासिक बिक्री रेकर्ड हासिल गरेको थियो ।
बीवाईडीले आफ्ना उत्पादन ७० बढी देशका चार सय सहररुमा पुगेको बताएको छ ।