• मंसिर १२ २०८१, बुधबार

अमला खानुका फाइदाहरू

मंसिर १५ २०८०, शुक्रबार

१. अमलाको दैनिक सेवन गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ। किड्नीसँग सम्वन्धित रोगहरू लाग्दैनन।

२. प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरू हुन पाउदैनन साथै ग्यास्टिक पनि केही हदसम्म निको हुन्छ।

३. दैनिक अमलाको जुस अथवा जाम खाएर दूध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन।

४. अमलाको जुस बनाएर खानाले रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ , दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न पाउदैनन्।।

५. अमलाको सेवनले आखाको ज्योति अझ बढी शक्तिशाली बनाउछ।

६. अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।

७. अमलाको सेवन गर्नाले चिसोमा हुने रूघाखोकीबाट छुटकारा पाइन्छ।