• आश्विन १३ २०८१, आईतवार

एचआईभी बारे जान्नुपर्ने केही महत्त्वपूर्ण कुराहरू

मंसिर १५ २०८०, शुक्रबार

हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइने गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गर्दछ ।

आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

१. तपाईंलाई एचआइभी भएपनि थाहा नहुन सक्छ ।

२. एचआइभी नीको पार्ने उपचार छैन, तर समयमै निदान गरी मेडिकल हेरचाह गर्नाले एचआइभीलाई नियन्त्रण गर्न सकिन्छ ।

३. चुम्बन गर्दा, अंकमाल गर्दा, हात मिलाउँदा अथवा खाना र पानी बाँडेर खाँदा एचआइभी सर्दैन ।

४. रगत, वीर्य, योनीबाट निस्कने तरल पदार्थ र संक्रमित आमाको दूधबाट एचआइभी सर्नसक्छ ।