• मंसिर १५ २०८१, शनिबार

दुर्गा प्रसाईंका सारथी आचार्य श्रीनिवाससहित ८ जनाविरुद्ध मुद्दा चलाइयो

मंसिर १२ २०८०, मंगलवार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनका लागि सडकमा आएका धर्मगुरु आचार्य श्रीनिवाससहित आठजनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर र अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ ।

आचार्य श्रीनिवाससहित सुनसरीका सुजन खड्का, खोटाङका मोहरमान बस्नेत, सुनसरीका दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको छ ।

आचार्य श्रीवासलाई तीनदिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने छ । यसैगरी लम्जुङका मनोज थापा, काठमाडौंका विनन्जय थापा र सुनसरीका निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ । उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ ।

उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ । अन्यलाई प्रहरी वृत्त गौशाला राखिएको छ । उनीहरूलाई प्रहरीले सोमबार गौशालाबाट पक्राउ गरेको थियो ।