काठमाडौं । पछिल्लो समय सुनको मूल्यले दैनिक रेकर्ड ब्रेक गरिरहेको छ । सोमबार पनि रेकर्ड ब्रेक गरेको उक्त मूल्य मंगलबार पनि थप बढेर अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको छ । जुन सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य सोमबारको तुलनामा मंगलबार स्थिर रहेको छ । यससँगै मंगलबारको बजारमा चाँदी प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।