• मंसिर १२ २०८१, बुधबार

नृत्य गर्दाका फाइदा

मंसिर १२ २०८०, मंगलवार

बेलायतस्थित डेभलपमेन्ट अर्गनाइजेसन योर्कसायर डान्स एन्ड लिड्स विश्वविद्यालयले गरेको एक अनुसन्धानले कुनै पनि कलामा संलग्न मानिसले स्ट्रेसलाई सजिलै नियन्त्रण गर्न सक्ने पत्ता लागेको छ ।
– दुई वर्ष लगाएर गरिएको उक्त अनुसन्धानमा डान्सर (नृत्यकार)लाई समावेश गरिएको थियो । अनौपचारिक अन्तर्वार्ता र लिखित माध्यमबाट सोधिएको जवाफमा डान्सकै कारण आमा–बाबु, समाज र शिक्षकप्रतिको व्यवहारमा परिवर्तन आएको पाइएको छ ।
– नृत्यले शरीरलाई फिटराख्ने मात्र नभई शरीरको समग्र विकासमा मद्दत पु-याउँछ ।यसले निर्णय लिने र तनावसँग लड्ने क्षमता बलियो बनाउँछ । जसले गर्दा उनीहरूलाई ठूला र महत्वपूर्ण काम गर्न प्रेरणा मिल्छ ।
– डान्स गर्दा एक्लोपन, डिप्रेसनजस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ । त्यति मात्र नभएर यसले मस्तिष्कको नसा खुलाउँछ र मस्तिष्कलाई क्रियाशील बनाउँछ ।
– डान्सले स्वस्थ राख्नुका साथै मुडलाई सधैँ कुल राख्न मद्दत पु-याउँछ ।