• मंसिर १३ २०८१, बिहीबार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज कतिमा भइरहेछ कारोबार ?

मंसिर १० २०८०, आईतवार

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले गत कात्तिक १३ गते १ लाख १६ हजार ५ सय रुपैयाँ मूल्य कायम भई रकेर्ड कायम थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै आइतबाट सुनको मूल्यले नयाँ इतिहास बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्यले पनि आइतबार नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य १४ सय ५० रुपैयाँ कायम भएको थियो ।