• जेष्ठ ७ २०८३, बिहीबार

उच्च अदालतको १४ न्यायाधीशको सरुवा

मंसिर ५ २०८०, मंगलवार

काठमाडौं । न्याय परिषद्‌ले उच्च अदालतमा कार्यरत रहेका मुख्य न्यायाधीश र न्यायाधीश गरी १४ जनाको सरुवा गरेको छ। मंगलबार बसेको न्याय परिषद्‌को बैठकले मुख्य न्यायाधीश नृपध्वज निरौला सहितको सरुवा गरेको हो।

परिषद्‌ले निरौलालाई उच्च अदालत दिपायलबाट उच्च अदालत पाटनमा सरुवा गरेको हो। त्यस्तै सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा, रत्नबहादुर वागचन्दलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, कृष्ण गिरीलाई उच्च अदालत दिपायल सरुवा गरिएको छ।

त्यस्तै विशेष अदालतमा नयाँ टिम सिफारिस भएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीश बनाएसँगै विशेषमा नयाँ टोली पठाउने सिफारिस परिषद्‌ले गरेको हो। परिषद्‌ले आजै सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीश पनि सिफारिस गरेको छ।