• जेष्ठ ७ २०८३, बिहीबार

माओवादी कोटा खाली राखेर सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

मंसिर ५ २०८०, मंगलवार

काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा उच्च अदालतबाट शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान रहेका छन् । त्यसैगरी कानुन व्यवसायीबाट बालकृष्ण ढकाल सुनिल (काँग्रेस कोटा) सिफारिस भएका छन् ।

माओवादी कोटाबाट डीएन पराजुली र दिनमणि पोखरेलमा सहमति नजुट्दा एक सिट खाली राखिएको बुझिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।