इलाम । इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।