• मंसिर १५ २०८१, शनिबार

देशमा ज्येष्ठ नागरिक मात्र रहने खतरा बढ्यो : डा. कोइराला

मंसिर २ २०८०, शनिबार

विराटनगर ।  कांग्रेस नेता डा शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेर गएको बताएका छन् । विराटनगरमा शनिबार पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’  लघुकथासंग्रहको विमोचन  गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरू मात्रै रहने टिप्पणी गरे ।

‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ कोइरालाले भने, ‘राजनीतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ ।’

जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए ।

‘अली हुनेखानेहरू अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रुपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन ।