• जेष्ठ ७ २०८३, बिहीबार

धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति

मंसिर २ २०८०, शनिबार

कैलाली । कैलालीको धनगढीमा आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा गएराति भएको आगलागीबाट सारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विद्युत् सर्ट भएर शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।