• जेष्ठ ७ २०८३, बिहीबार

ललितपुरबाट पक्राउ लगतै छुटेका ‘भीआइपी’ जुवाडे भाइटीका लगाएपछि फर्किए हिरासत

मंसिर १ २०८०, शुक्रबार

काठमाडौं । भाइटीकाको अघिल्लो दिन ललितपुरबाट पक्राउ परेका भीआईपी जुवाडेहरु भाइटीका लगाएपछि पुनः प्रहरी हिरासत पुगेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले भाइटीकाको अघिल्लो दिन नेपाली सेनाका पूर्व दुई तारे जर्नेल (उपरथी) होम लावतीसहित ८ जना भीआईजी जुवाडेलाई पक्राउ गरेको थियो।

त्यतिबेला पूर्वउपरथी लावतीसहित रेमकुमार लिम्बू, सञ्जिव महर्जन, देवराज लिम्बू, प्रकाश काफ्ले, अस्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोश लिम्बू पक्राउ परेका थिए।

भाइटीकाको अघिल्लो दिन पक्राउ परेकाहरु छुटेका थिए। उनीहरुलाई प्रहरीले भाइटीका लगाएपछि पुनः प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडेको थियो।

भाइटीका लगाएपछि पुनः प्रहरी कार्यालयमा उपस्थित हुने सर्तमा छुटेका उनीहरु हिजो बिहीबार आफैं प्रहरी कार्यालय पुगेका थिए। उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।