• जेष्ठ ८ २०८३, शुक्रबार

जुवा खेलिरहेका नेपाली सेनाका पूर्वउपरथी र व्यापारीसहित आठजना पक्राउ

कार्तिक २८ २०८०, मंगलवार

काठमाडौं । ललितपुरमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्वउपरथी तथा व्यापारीसहित आठजना पक्राउ परेका छन् ।

हात्तीवनस्थित क्लासिक टावरको ए ब्लकको छैटौँ तलामा जुवा खेलिरहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।

ललितपुर प्रहरीका अनुसार उनीहरूको साथबाट १७ लाख रुपैयाँ बरामद गरिएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।