• जेष्ठ ८ २०८३, शुक्रबार

लाखौं रकमसहित हाइप्रोफाइल जुवाडे समातिएपछि तत्काल छोड्न प्रहरीलाई दबाब

कार्तिक २८ २०८०, मंगलवार

काठमाडौं । काठमाडौंमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरूसहित २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आवद्ध दुई जना अभियन्ता समेत छन् ।

राजधानीको ठूलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ९२ हजार नगदसमेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

हाइप्रोफाइल व्यक्तिहरू पक्राउ परेकाले उनीहरूलाई छाड्न तीव्र दबाब आइरहेको प्रहरी अधिकारीको भनाइ छ ।