काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यसबारे टिप्पणी गर्दै रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बन्द समाधान नभएको बताएका हुन् ।
‘सामाजिक सञ्जालसँग सम्बन्धित विषय विज्ञहरू पनि छन् । उहाँहरूसँग छलफल गरेर कसरी नियमन गर्न सकिन्छ, यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भन्नेबारे छलफल गर्नुपथ्र्यो । टिकटकका राम्रा कुराहरू पनि होलान्, त्यसको उपयोगबारे पनि सोच्न सकिन्थ्यो । तर, बिदाको दिन पारेर सरकार बन्द गर्ने निर्णयमा पुग्यो । यसबारे हामी केहीबेरमा धारणा सार्वजनिक गर्छौं,’ उनले भने । यस्तै, रास्वपा सांसद शिशिर खनालले पनि सरकारले टिकटक बन्द गर्ने निर्णय ठीक नभएको बताएका छन् ।