• मंसिर १३ २०८१, बिहीबार

कृषि विकास बैंकले घटायो ब्याजदर, ऋण लिदाँ कति प्रतिशत ब्याजदर ?

कार्तिक २७ २०८०, सोमबार

काठमाडौं । कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।

बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तर्फ एकल अंकमा रहेको छ भने व्यक्तिगत तर्फ दोहोरो अंकमा रहेको छ । व्यक्तिगत तर्फ ९.०१० देखि १०.५१२ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत रहेको छ । बैंकको मुद्दति निक्षेप खाता १२ वटा रहेका छन् ।

कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.२६ प्रतिशत रहेको छ । बैंकको मुद्दति निक्षेप खाता १२ वटा रहेका छन् । कात्तिक महिनामा

बैंकले बचतमा ५‍.२५ देखि ८ प्रतिशत ब्याज दिँदै आएको छ । बैंकले अहिले २० प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ ।

असोज मसान्तसम्म बैंकको आधारदर १०.३८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.३८ प्रतिशत ब्याज लाग्छ । बैंकबाट सरल कृषि कर्जा, हाउस होल्ड लोन लिँदा १५.३८ प्रतिशत ब्याज लाग्ने छ ।