• मंसिर १३ २०८१, बिहीबार

सट्टेबाजीमा पैसा ट्रान्फर भयाे, मोबाइल बैंकिङ तुरून्त बन्द गराैं : सांसद तामाङ

कार्तिक २४ २०८०, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले मोबाइल बैंकिङ बन्द गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले मोबाइल बैंकिङबाट गलत धन्दामा पैसा ट्रान्फर भएकाले तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।

“मोबाइल बैकिङ खतरनाक छ । यहाबाट पैसा सट्टेबाजीमा गएको छ,” उनले भने, “यसलाई तुरुन्त बन्द गर्नुपर्‍यो ।”