• फाल्गुन ३० २०८२, शनिबार

मार्क्सवादी ज्ञानशालाको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

कार्तिक २४ २०८०, शुक्रबार

दाङ ।  मार्क्सवादी  ज्ञानशाला, दाङद्वारा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा बुधबार सम्पन्न भएको छ । कार्यशालाको पहिलो दिन ‘विज्ञान र वैचारिक विचार : अर्थ र प्रयोजन’बारे तुल्सीदास महर्जन, ‘संस्कृति र सांस्कृतिक रुपान्तरण’ बारे संगीत स्रोताले छलफल चलाउनु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रमोद धिताल र अध्यक्षता ज्ञानशालाका संयोजक बुद्धिप्रकाश धितालले गर्नुभएको थियो ।

त्यसैगरी दोस्रो दिन ‘उपभोक्तावादी संस्कृतिका सामाजिक प्रभाव र सांस्कृतिक वर्गसंघर्ष’ बारे प्रमोद धिताल र ‘सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसका शिक्षाहरु’ बारे वामपंथी नेता शशिधर भण्डारीले छलफल चलाउनु भएको थियो । कार्यत्रमको अध्यक्षता ज्ञानशालाकी सदस्य सुदृष्टि लक्ष्मी र सहजीकरण रीता सुवदीले गर्नुभएको थियो ।

२ दर्जन बढीको सहभागीता रहेको सो कार्यक्रममा सबै सहभागीहरुको बिचमा उत्साहजनक सामूहिक अन्तक्र्रिया भएको थियो । संस्कृति र सांस्कृतिक रुपान्तरण विषय अन्तगर्तगत सबै सहभागीहरुले आफ्नो, व्यक्तिगत, पारिवारिक, सामाजिक र आन्दोलनका अनुनभवहरु राख्नुभएको थियो भने सबै सेशनहरुमा जिज्ञासाहरु राखिएका थिए ।

पछिल्लो चरणमा आमूल सामाजिक रुपान्तरणकारी आन्दोलन कम्जोर र अवैज्ञानिक विचार, संस्कृति र चिन्तन तथा उपभोक्तावादी संस्कृतिको प्रभाव बढ्दै गइरहेको निश्कर्षसहित रुपान्तरणको आन्दोलनमा क्रियाशील कार्यकर्ताहरुले साझा प्रगतिशील सांस्कृतिक नीति निर्माण र कार्यान्वयनका लागि मेहनत गर्नुपर्ने निश्कर्षमा सबैको सहमति रह्यो ।

कार्यक्रम सुरु हुनुपूर्व सर्वोदय पुस्तकालयक अध्यक्ष तथा वाम बुद्धिजीवी सुशील गौतमले कार्यक्रमको सफलताको शुभकामना सहित ज्ञानशालाले आयोजना गर्ने सांस्कृतिक तथा वैचारिक अभियानहरुमा आफ्नो ऐक्यबद्धता र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै कम्युनिष्ट आन्दोलनमा आएको वैचारिक विचलनकै कारण समाजमा भाग्यवादी, विकृत र उपभोक्तावादी संस्कृति हावी हुँदै गइरहेको निश्कर्ष सहभागीहरुले निकालेका थिए ।

कार्यशाला गोष्ठीमा विकास गौतम, लेखराज रेग्मी, कपिल अधिकारी, बुद्धिप्रकाश धिताल, रीता सुवेदी, हिरा महर्जन, गणेश आचार्य, सुदृृष्टिी लक्ष्मी, शारदा न्यौपाने, घनश्याम अस्तित्व, दलबहादुर महत, यशु चौलागाईं, अभिषेक विष्ट, सेवक भट्टराई, विपिन धिताल, वीरेन्द्र वली, अमृत वि.क., सुनिता वि.क., कालुराम नेपाली र शरण जि.एम. लगायत रहनुभएको थियो ।