• जेष्ठ ८ २०८३, शुक्रबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

कार्तिक २३ २०८०, बिहीबार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबर्जस्ती करणी मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

अन्तिम सुनुवाइ भनिएपनि लामिछानेको पेशी पाँचौ नम्बरमा रहेकाले बिहीबार सुनुवाइ हुने नहुने टुङ्गो छैन । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गर्ने आदेश गरेको थियो । त्यसपछि लामिछानेको मुद्दा पेशीमा चढेको थिएन ।