• जेष्ठ ८ २०८३, शुक्रबार

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड, एक लाख ५० हजारको क्षति

कार्तिक २२ २०८०, बुधबार

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामसिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।

गएराति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।

कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए ।