• जेष्ठ ८ २०८३, शुक्रबार

पराकम्पबाट आज पनि जाजरकोटमा ११ जना घाइते

कार्तिक २० २०८०, सोमबार

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडाका केन्द्रविन्दु भएर आज दिउँसो ४ः३१ बजे गएको ५.८ रेक्टर स्केलको परकम्पका कारण ११ जना घाइते भएका छन् ।

उनीहरूमध्ये जाजरकोट जिल्ला अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा दुईजना र आठविसकोट अस्पतालमा तीनजना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । घाइतेहरूको स्थानीय तथा जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूबाट उपचार व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

‘धेरै घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् । रिफर भएका घाइतेहरू प्रादेशिक अस्पताल, सुर्खेतमा १७ जना र भेरी अस्पताल, नेपालगन्जमा ३० जना र त्रिविमा शिक्षण अस्पताल काठमाडौंमा आठजना उपचाररत छन्,’ मन्त्रालयले भनेको छ ।