• जेष्ठ ८ २०८३, शुक्रबार

टिकटकमा अश्लिल गतिविधि गरेको भन्दै वाईसिएल कार्यकर्ता शान्ति बराल पार्टीबाट निस्कासन

कार्तिक २० २०८०, सोमबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगरसमितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूणर् जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

उनी सैनामैना नगरसमिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक/साँस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।