• मंसिर १२ २०८१, बुधबार

किसमिस खाने सही तरिका

कार्तिक २० २०८०, सोमबार

किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । खानाको स्वाद बढाउन यिनीहरूको प्रयोग हुन्छ ।

किसमिस दुई तरिकाले बनाइन्छ। पहिलो तरिका अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। दोस्रो तरिका चाहिँ मेसिनमा सुकाउने। घाममा दुई हप्ता सुकाएपछि त्यसलाई आकारको आधारमा वर्गीकरण गरेर प्याक गर्ने गरिन्छ। राम्ररी सुकाएर बनाइएको किसमिस हत्तपत्त बिग्रँदैन।

हाड बलियो बनाउन : हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग अस्टिओपोरेसिसमा राहत दिन्छ । घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

आँखाको ध्यान : आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ ।

उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।यसका अलावा किसमिस खाँदा कोलेस्ट्रोलबाट बचिन्छ, स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्छ, तौल बढ्छ, गिजा स्वस्थ रहन्छ, मिर्गौला र कलेजो सुरक्षित रहन्छ।

किसमिस खाने सही तरिका : हुन त किसमिस सुक्खै खाएको पनि ठीकै हो तर उसको गुणको बढी फाइदा उठाउन चाहनुहुन्छ भने यसलाई रातभरि भिजाउनुस् र बिहानीपख खानुस् ।

यसो गर्दा तपाईं पाचनसम्बन्धी समस्याबाट मुक्त हुनुहुन्छ र शरीरमा रगतको कमी हुन पाउँदैन ।त्यसबाहेक किसमिसलाई पानीमा हालेर २० मिनेटसम्म उमाल्ने अनि त्यो उम्लिएको पानीलाई रातभरि राखेर बिहानीपख पिउने हो भने त्यसबाट धेरै फाइदा हुन्छ ।