• जेष्ठ ८ २०८३, शुक्रबार

भूकम्प अपडेट : ९ सय १० घर पूर्णरुपले नष्ट, दुईहजार ८६१ घरमा आंशिक क्षति

कार्तिक १९ २०८०, आईतवार

काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरुपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् ।