• जेष्ठ ८ २०८३, शुक्रबार

भूकम्पपीडितलाई दिइने राहतको नाममा हुने ठगीबाट जोगिन प्रहरीको आग्रह

कार्तिक १८ २०८०, शनिबार

काठमाडौं । नेपाल प्रहरीले भूकम्पपीडितलाई राहत संकलनको नाममा हुने ठगीबाट बच्न सचेत गराएको छ । विपतको समयमा पीडितलाई राहतको नाममा हुने ठगीबाट बच्न आग्रह गर्दै प्रहरीले सूचना जारी गरेको हो ।

आर्थिक वा अन्य सहयोग गर्नुअघि सहयोग माग्ने व्यक्ति तथा संघसंस्थाको आधिकारिकता निश्चित गर्न प्रहरीले आग्रह गरेको छ ।

‘भूकम्पपीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघसंस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीको सूचनामा भनिएको छ ।