• जेष्ठ ८ २०८३, शुक्रबार

लुम्बिनी प्रदेश सरकारले खटायो भूकम्प प्रभावित कर्णालीमा उद्धारसँगै स्वास्थ्यकर्मीको टोली

कार्तिक १८ २०८०, शनिबार

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ । आज विहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो ।

मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् । मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको छ ।