• फाल्गुन ३० २०८२, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतको काममा जुट्न राष्ट्रपतिको अपिल

कार्तिक १८ २०८०, शनिबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका छ्न्।

जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउदै उनले विपद्को यस घडीमा उद्धार र राहतको काममा जुट्न अपिल गरेका हुन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।