• फाल्गुन ३० २०८२, शनिबार

गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल

कार्तिक १४ २०८०, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको महशुस गरेको बताएका छन् ।

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भीर भएको पाएको बताए ।

उनले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए । उनले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरुले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उनले उल्लेख गरे ।