• जेष्ठ ८ २०८३, शुक्रबार

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, १३ जनाको मृत्यु ५० बढी घाइते

कार्तिक १३ २०८०, सोमबार

 

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुई रेल ठोक्किएर दुर्घटना भएपछि धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।