काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताएका छन् ।
आइतवार पूर्वसभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निष्र्कषमा पुर्याउन सहजीकरण हुने बताएका हुन् । उनले महासचिव गुटेरेसले संसदमा गर्ने सम्बोधनलाई सबैले आत्मसाथ गर्ने उल्लेख गर्दै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्नसक्ने विश्वास व्यक्त गरे ।
पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भुमिका खेल्ने गरे ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाई छ ।