मुम्बई । भारतको केरला राज्यमा लगातार तीनवटा बम विस्फोट भएका छन् । भारतीय मिडियाका अनुसार, कलामसेरीस्थित एक कन्भेन्सन सेन्टरमा इसाई प्रार्थना चलिरहेका बेला लगातार तीनपल्ट विस्फोट भएको हो ।
विस्फोटमा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका टाइम्स अफ इन्डियाले लेखेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
येहोभा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिनदेखि कार्यक्रम चलिरहेको थियो । आइतबार यसको अन्तिम दिन थियो । विस्फोटका बेला हलमा करिब दुई हजार मानिस थिए ।
येहोभा विटनेस इसाई समुदाय हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले अनुसन्धान सुरु भएको जानकारी दिएको मिडिया रिपोट्र्समा उल्लेख छ ।