काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरूबारे ध्यानाकर्षण गराएका छन्।
गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिइएको हो।
संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरूको अपिल छ।
कुनै पनि बहानाबाजी गरेर न्याय प्राप्तिमा ढिलाइ नगर्न उनीहरुले ध्यानाकर्षण गराएका छन्।
राष्ट्रसंघ आवासीय प्रतिनिधि हानाले पीडितहरुको मागमा राष्ट्रसंघको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताएकी छन्।