• जेष्ठ ८ २०८३, शुक्रबार

सिमरा चोकमा बस दुर्घटना, एक जनाको मृत्यु ११ घाइते १एकजनाको मृत्यु

कार्तिक १२ २०८०, आईतवार

बारा । बाराको जीतपुर सिमरा उपमहानगर–२ स्थित सिमरा चोकमा भएको बस दुर्घटनामा १एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।