• मंसिर ११ २०८१, मंगलवार

सांसदहरू : कसको शैक्षिक योग्यता कति ?

कार्तिक ११ २०८०, शनिबार

शिक्षा समग्र विकासको आधार हो । त्यसैले यसको विकासमा हरेक देशले प्राथमिकता दिएका हुन्छन् । शिक्षा कुनै पनि देश विकासको मापनको आधार पनि हो । विकसित देशहरू क्यानडा, नर्वे, फिनल्याण्ड, स्वीजरल्याण्ड जस्ता देशहरूमा साक्षरता प्रतिशत उच्च रहेको छ । लगभग ९९ प्रतिशत रहेको देखिन्छ ।

नेपालको सविधान २०७२ को धारा ३१ मा शिक्षाको हकको व्यवस्था गरेको छ । यसमा हरेक नागरिकलाई निःशुल्क शिक्षाको हक हुनेछ भनिएको छ । तर व्यवहारमा भने त्यो देख्न सकिएको छैन । सांदहरूले सरकार गठन प्रक्रियामा भाग लिने तथा देश र जनताका लागि आवश्यक पर्ने विभिन्न नीति, नियम, कानुन आदिको निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका हुन्छन् ।

यसै सन्दर्भमा हाम्रा देशका सांसदहरूले कसले कति अध्ययन गरेका छन् भन्ने विषयमा यस लेखमा छोटो चर्चा गरिन्छ । हाम्रो सघीय संसद वा प्रतिनिधिसभामा विद्यावारिधी उपाधी हासिल गर्ने दशजना सांसद रहेका छन् । यसरी विद्यावारिधी गर्ने सांसदहरूमा आरजु राणा, अमरेशकुमार सिंह, धवलसमशेर राणा, नारायण खड्का, प्रकाशशरण महत, वीरेन्द्रप्रसाद महतो, कालुराम राई, चन्द्रकान्त भण्डारी, चन्द्रकान्त राउत र स्वर्णिम वाग्ले रहेका छन् । यसैगरी विद्यावारिधी गर्दै रहेका सांसदहरूमा नागिना यादव, बद्रीप्रसाद पाण्डे छन् भने एमफिल गरेकी सांसद विद्यादेवी भट्टराई छन् ।

यसैगरी स्नातकत्तोर पूरा गर्ने सांसदहरूमा अच्युतप्रसाद मैनाली, अन्जनी श्रेष्ठ, अर्जुननरसिंह के. सी., अशोककुमार राई, हसिम शाह, ईश्वरी घर्ती, उदयशम्शेर राणा, उपेन्द्र यादव, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गगन थापा, गोकर्ण विष्ट, गंगाराम चौधरी, चन्दा कार्की, जीवन परियार, डिगबहादुर लिम्बु, तेजुलाल चौधरी, तोसिमा कार्की, दीपक खड्का, दीपक गिरी, दिलेन्द्रप्रसाद बडु, देवीप्रसाद भट्टचन, देवेन्द्र पौडेल, धनराज गुरूङ रहेका छन् ।

थप अरूहरूमा ध्रुबबहादुर प्रधान, निशा डाँगी, पदम गिरी, पूर्णबहादुर खड्का, प्रकाश अधिकारी, प्रकाश ‘ज्वाला’, प्रकाशमान सिंह, प्रतिमा गौतम, प्रदीप पौडेल, प्रेम सुवाल, भगवती चौधरी, भीमप्रसाद आचार्य, मनीष झा, महन्थ ठाकुर, महेश बर्तौला, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, मैना कार्की, मोहन बस्नेत, मंगलप्रसाद गुप्ता, योगेश भट्टराई, रन्जुकुमारी झा, रमेश लेखक, राजेन्द्र के. सी., राजेन्द्रप्रसाद पाण्डे, रामकृष्ण यादव, रामहरि खतिवडा, रूपा वि. क., रेखा यादव, रेखा शर्मा, रोशन कार्की, लक्ष्मी तिवारी, विना लामा रहेका छन् ।

थप अरूहरूमा बिमलेन्द्र निधी, वीरबहादुर बलायर, विना जैसवाल, शक्तिबहादुर बस्नेत, श्यामकुमार घिमिरे, शशांक कोइराला, शिशिर खनाल, शेखर कोइराला, शेरबहादुर कुँवर, शेरबहादुर देउवा, सन्तोष परियार, सपना राजभण्डारी, सरिता भुषाल, सीता गुरूङ, सीता मिजार, सुनिता बराल, सुमना श्रेष्ठ, सुशीला थिङ, सुशीला श्रेष्ठ, सुर्य थापा, हृदयराम थामी, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । स्नातकोत्तर तह पूरा गरेका सांसद सङ्ख्या ९६ रहेको छ ।

स्नातक तह पूरा गरेका सांसद संख्या ९८ रहेको छ । जसमा अजयकुमार चौरसिया, अनिता देवी, हनिशा नेपाली, अब्दुल खान, अमनलाल मोदी, अम्बिका बस्नेत, अम्बरबहादुर रायमाझी, इन्दिरा राना, ईश्वरीदेवी न्यौपाने, ऋषिकेश पोखरेल, एकनाथ ढकाल, ऐनबहादुर शाही, किरणकुमार शाह, गणेश पराजुली, गोकुलप्रसाद बास्कोटा, चित्रबहादुर के. सी., छबिलाल बिश्वकर्मा, जनार्दन शर्मा, ज्वालाकुमारी साह रहेका छन् ।

थप अरूहरूमा जुलीकुमारी महतो, टोपबहादुर रायमाझी, ठाकुर गैरे, डिल्लीराज पन्त, तारा लामा, दयालबहादुर शाही, दामोदर भण्डारी, दीपकबहादुर सिंह, दीपा शर्मा, दीपक बोहरा, दुर्लभ थापा, नवलकिशोर शाह, एनपी साउद, नारायणी शर्मा, नैनकला थापा, पशुपतिशम्शेर जबरा, पुष्पकमल दाहाल, पुष्पबहादुर शाह, पृथ्बीसुब्बा गुरूङ, प्रतीक्षा तिवारी, प्रभु साह, प्रभु हजारा रहेका छन् ।

थप अरूहरूमा प्रेमबहादुर महर्जन, वर्षमान पुन, वसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, बुद्धिमान तामाङ, भानुभक्त जोशी, माधवकुमार नेपाल, माधव सापकोटा, माया राई, मुक्ताकुमारी यादव, मोहन आचार्य, मन्जु शर्मा, योगेन्द्र मण्डल, योगेश गौचन, रघुवीर महासेठ, रणेन्द्र बराली, रमेश रिजाल, राजकिशोर यादव, राजकुमार गुप्ता, राजेन्द्र लिङदेन, रूक्मणि राना रहेका छन् ।

थप अरूहरूमा लालप्रसाद सावा, लीलानाथ श्रेष्ठ, विजुला रायमाझी, विनोदकुमार चौधरी, विराजभक्त श्रेष्ठ, विश्वप्रकाश शर्मा, शरतसिंह भण्डारी, सुनीलकुमार शर्मा, शङ्कर भण्डारी, सन्तोष चालिसे, सम्झना थपलिया, सर्वेन्द्रनाथ शुक्ला, सरस्वती वजिमय, सराज अहमद, सरिता प्रसाई, सुरेन्द्रराज आचार्य, सुवास नेम्वाङ, सोविता गौतम, सङ्गीता मण्डल, सन्जयकुमार गौतम रहेका छन् ।

थप अरूहरूमा हरि ढकाल, हरिप्रसाद उप्रेती, हितराज पाण्डे, हेमराज राई र ज्ञानु बस्नेत रहेका छन् । यसैगरी प्लस टु पूरा गर्ने सांसदहरूको संख्या ४९ रहेको छ । जसमा अमृतलाल राजबंशी, अमृता अग्रहरी, आशा बि. क., कल्पना चौधरी, कल्पना मिया, कृष्णकुमार श्रेष्ठ, खुमबहादुर गर्बुजा, गोमा लाभ, गंगाप्रसाद यादव, चन्दा चौधरी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ लामा, जबेदा खातुन रहेका छन् ।

थप अरूहरूमा टेकबहादुर गुरूङ, दिनेशकुमार यादव, दीपक कार्की, दुर्गा राई, देवप्रसाद तिमिल्सिना, देवराज घिमिरे, धनबहादुर बुढा, नारायणप्रसाद आचार्य, प्रदीप यादव, प्रेम आले, बलराम अधिकारी, बिन्दबासिनी कंसाकार, बिनिता कठायत, बिमला सुवेदी, मन्जु खाँड, महेन्द्रकुमार राय, रणकुमारी मगर, रन्जिता श्रेष्ठ, रमा कोइराला, रवि लामिछाने, राजु थापा, राजेन्द्र कुमार राई, रामकुमार राई, रामनाथ अधिकारी रहेका छन् ।

थप अरूहरूमा रामशंकर यादव, लेखनाथ दाहाल, बिक्रम पाण्डे, बिनिताकुमारी सिंह, विष्णुकुमार कार्की, शान्ति वि. क., शिव नेपाली, सीताकुमारी राना, सूर्यकुमारी श्रेष्ठ, सोनु मुर्मु, ज्ञानबहादुर शाही रहेका छन् । यसैगरी एसएलसी पूरा गर्ने सांसदहरूको संख्या भने २९ रहेको छ । जसमा अरूणकुमार चौधरी, अशोककुमार चौधरी, उमरावती देवी, उर्मिला थेवे रहेका छन् ।

थप अरूहरूमा पूर्णकुमारी घर्ती, उर्मिला माझी, गंगा कार्की, दिक्पालकुमार शाही, निर्मला कोइराला, दिनाकुमारी थैनत, विना देवी, मनोरमा शेरचन, महेन्द्रराय यादव, महेन्द्रबहादुर शाही, मानबीर राई, मीना तामाङ, राजेन्द्र बजगाई, रूपा जोशी, लक्ष्मी महतो, लालबीर चौधरी, लीलादेवी लिम्बु, विष्णुप्रसाद पौडेल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सरस्वती सुब्बा, सुदन किराती, शुशीला ठकुरी रहेका छन् ।

थप अरूहरूमा हर्कमाया बिश्वकर्मा र हितबहादुर तामाङ रहेका छन् । संघीय सांसद जसले साधारण लेखपढ मात्र गरेका छन्, तिनको संख्या भने १० रहेको छ । तिनीहरूमा अम्करबहादुर थापा, आस्माकुमारी चौधरी, छिरिङ लामा, दामोदर पौडेल, पूर्णबहादुर तामाङ, मीना यादव र शान्ति चौधरी रहेका छन् ।

संघीय संसदमा हालसम्म अविवाहित रहेका सांसदको संख्या भने २४ रहेको छ । संसद सचिवालयको विवरणअनुसार एकल सांसद १९ रहेका छन् । विदेशीसँग विवाह गर्ने सांसदहरू भने जम्मा पाँचजना छन् । दुई विवाह गर्ने साँसद भने तीनजना रहेका छन् । संसद सचिवालयमा शैक्षिक विवरण नबुझाउने सांसदहरूको संख्या भने ६ रहेको छ ।

यसरी हाम्रा संघीय जनप्रतिनिधि जसले आमनागरिकको हकअधिकार तथा देशको स्वाधीनताका बारेमा चासो राख्छन् । पछिल्लो समयमा भने संसदमा जनसरोकारका विषयमा घनिभूत छलफल गरी आवश्यक पर्ने नियम कानुन निर्माण गरी जनअपेक्षालाई सम्बोधन गर्न भने नसकिएको देखिन्छ ।