• फाल्गुन ३० २०८२, शनिबार

कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ : प्रम दाहाल

कार्तिक ११ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् ।

‘उहाँ (संयुक्त राष्ट्रसंघका महासचिव) फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’ प्रधानमन्त्रीले भने ।

संयुक्त राष्ट्रसंघको महासभा र अति कम विकसित मुलुकको सम्मेलनमा आफूले गरेको सम्बोधन र पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउन लागेका उनले बताए ।

‘यो पटक एलडीसीको चेयरम्यानको हैसियतले मैले संयुक्त राष्ट्रसंघको महासभामा एसडीजी (दिगो विकास लक्ष्य) समित र एलडीसी ९(अति कम विकसित मुलुक) समिटहरुमा मैले गम्भीर ढंगले नै कुराहरु उठाएको थिएँ । मलाई लाग्छ हाम्रो कुटनीतिक सफलताको परिणामस्वरुप महाचिव आउँदै हुनुहुन्छ, यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’