काठमाडौं । मुगुमा भएको घटनाको थप अनुसन्धान गर्न प्रहरीको अर्को टोली घटनास्थलमा गएको छ । शुक्रबार सुर्खेतबाट प्रहरीको टोली घटनास्थलमा गएको हो । छायाँनाथरारा नगरपालिका-६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी विभत्स तरिकाले हत्या गरिएको आशंका छ । शव अझै घटनास्थलबाट उठाउन बाँकी रहेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए ।
केही व्यक्तिमाथि हत्याको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको उनले बताए ।