काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेका गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलबार महाराजगञ्जस्थित निर्मलनिवासमा हिन्दु नेपालीको महान चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिँदै उनले यस्तो बताएका हुन् ।
उनले देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै व्यंग्यात्मक रूपमा छिनछिनमा ‘भुइँचालो’ गइरहेकाले विचार गरेर बस्न आग्रह गरे ।
‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु,’ उनले भने, ‘हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले सम्पूणर् नेपालीमा बडादसैँको शुभकामना दिए । उनले मंगलबारै आमसर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका थिए ।