• जेष्ठ ८ २०८३, शुक्रबार

सेतो टिका लगाएर मनाए थारु समुदायले दसैं

कार्तिक ७ २०८०, मंगलवार

दाङ । दाङमा थारू समुदायले दसैं मनाएका छन् । थारू समुदायले यस वर्षको बडादसैं नवमीको दिन सेतो टीका लगाएर हर्षोल्लासका साथ मनाएका हुन् । बडादसैंको अघिल्लो दिन थारू समुदायले दसैं मनाउने चलन अनुसार दाङका थारूहरूले टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मनाएका छन् ।

थारू समुदायले पञ्चमीदेखि नै पूजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भएर नाचगान गर्दै बेलुकीपख टीका र जमरा लाएर दसैं मनाउने गर्छन् ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेको निजी निवासमा दसैं मनाएका छन् । मुख्यमन्त्री चौधरीले अभिभावकबाट टीकाग्रहण गरे भने थारू समुदायका युवाहरूलाई पनि टीका लगाइदिएका छन् । थारूको परम्पराअनुसार दसैंको अघिल्लो दिन सेतो चामलको पीठोको टीका लगाएर मनाइएको मुख्यमन्त्री चौधरीले बताए ।