काठमाडाैं । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज मंगलबार बिहान ३ः३० बजे उक्त सुमो दुर्घटना भएको हो ।
मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको सुमो वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमोचालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ का अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।